आइतबरा बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७९ वैशाख २५ गते १३:११ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ उकालो लागेको छ। वैशाख २५ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। चाँदी पनि आज तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार साताको पहिलो दिन, ९८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ।

शुक्रबार भने सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us