इसेवाको अध्यक्षमा कुँवर नियुक्त

काठमाण्डु टुडे २०७९ वैशाख २१ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us