बुधबार सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७९ वैशाख २१ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us