आइतबार तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ वैशाख १८ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us