आइतबार ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ वैशाख ११ गते ११:०० मा प्रकाशित

काठमाण्डु। ११ वैशाख– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो ।

उस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो ।

तर, यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us