काठमाण्डु, २ वैशाख– अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।
अमेरिकी विकास सहायता संस्था यूएसएआईडीले करिब ७९ अर्ब ७१ करोड अनुदान दिने भएको हो । कार्कीले उक्त सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाहेकको भएको स्पष्ट गरे ।
मन्त्रिपरिषदको हालैको बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषदले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ सहयोग पनि स्वीकार गर्ने निर्णय पनि गरेको उनले बताए ।