२५ सयको बिन्दुबाट ओरालो लाग्यो शेयर बजार

काठमाण्डु टुडे २०७८ चैत २१ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, २१ चैत– नियमित रुपमा ओरालो लाग्दै आएको शेयर बजार साताको दोश्रो दिन सोमबार पनि घटेको छ ।

सेयर बजार परिसूचक नेप्से १५.९४ अंकले घटेर २ हजार ४ सय ९७ रुपैयाँ ४७ पुगेको छ । २ सय २६ कम्पनीको ३४ लाख २९ हजार ९१७ सेयर किनबेचबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५ सय ६२ रुपैयाँ कारोबार भएको छ । कारोबार भएका कुल कम्पनीमध्ये १ सय ४६ कम्पनीको मूल्य घटेको छ ।

३६ कम्पनीको मूल्य भने बढेको छ । बाँकी १२ कम्पनीको मूल्य स्थिर छ । कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको सेयर भने ९।१२ प्रतिशतले बढेको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । उक्त कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।

यस्तै नबिल बैंकको ५ करोड ६७ लाख ८७ हजार ८ सय ७६ रुपैयाँ, सूर्य लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख ४८ हजार ४६ रुपैयाँ, अरुन भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख २ हजार ८ सय ८६ रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ६९ लाख ३३ हजार ५ सय ९१ रुपैयाँ बराबरका शेयर किनबेच भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us