आइतबार चार सयले ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ चैत २० गते ११:२५ मा प्रकाशित

काठमाण्डु, २० चैत– सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us