ओरालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

काठमाण्डु टुडे २०७८ चैत १६ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, १६ चैत– बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले मात्र घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us