कांग्रेसले टेरेन भने एमालेसँग मिल्ने प्रचण्डको भनाइप्रति शंकरको जवाफ– एमालेले लिए न मिल्ने हो

काठमाण्डु टुडे २०७८ चैत ४ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, ४ चैत– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गरेका छन् ।

धादिङमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने– ‘ हिजो आज सुन्दैछु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । कांग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ । हिजो नेताका टाउका मिलाएर गयौं,जनताले मत दिए । तर जनतलाई धोखा दिएर उनीहरु गए । फेरि तिनीहरुलाई लिएर गयौं भने जनताले हामीलाई पत्याउँछन् ?’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us