जसपा विवाद– स्थानीय चुनावको उम्मेदवार छान्ने अधिकार राईलाई

काठमाण्डु टुडे २०७८ फागुन १७ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ ।

पार्टीभित्र ‘ एकलौटी निर्णय गर्ने गरेको ’ भन्दै ‘ सामुहिक र समावेशीको नेतृत्व’ को माग गर्दै आएक असन्तुष्ट बाबुरामम भट्टराई पक्षधरको दबाब बढ्दै गएपछि अध्यक्ष यादवको अधिकार पहिलोपटक कटौती भएको हो ।

जारी बैठकले स्थानीइ तहको निर्वाचनको उम्मेदावारी मनोनयनमा अध्यक्षको अधिकार कटौती गर्दै हस्ताक्षरको अधिकार पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले भने – ‘ स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्षको हस्ताक्षर चल्दैन, सो हस्ताक्षरको जिम्मेवारी अशोक राईजीले पाउनु भएको छ । अब स्थानिय तहका उम्मेदवारको मनोनयन अशोकजीको हस्ताक्षरले मात्र प्रमाणित हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us