काठमाण्डु, १५ फागुन– बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भएको स्रोतले बतायो । ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागिएको हो ।
यसअघि आजै बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।