सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाण्डु टुडे २०७८ माघ १८ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, १८ माघ–  सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us