
काठमाण्डु, २५ पुस– आज नेप्से ७३.०५ अंकले वृद्धि भएको हो । २.७१ प्रतिशतले बढेर सेयर कारोबार २७६५.४७ बिन्दुमा पुगेको हो । आज २ सय ३९ वटा कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर किनबेचमा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १०-१० प्रतिशतले बढेको हो । अपि पावर कम्पनीको सबैभन्दा धेरै आज २९ करोड २२ हजारभन्दा धेरैको कारोबार भयो ।