आइतबार सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ पुष २५ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, २५ पुस– आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us