काठमाण्डु, २३ पुस– एथ्लेटिको मड्रिडका डिफेन्डर केइरन ट्रिपियर इङ्लिस क्लब न्युक्यासल भित्रिएका छन् । अक्टोबरमा साउदी अरेबियाका धनाड्यले न्युक्यासलको स्वामित्व लिएपछि क्लबले पहिलो पटक इङ्ल्यान्डका ३१ वर्षीय ट्रिपियरलाई भित्र्याएको हो ।
‘म न्युक्यासलजस्तो उत्कृष्ट क्लबमा सहभागी हुन पाउँदा निकै खुसी छु । एथ्लेटिकोमा मैले आफ्नो समय निकै रमाइलोसाथ बिताए ।’ इङ्ल्यान्डका रक्षकसमेत रहेका उनले भने । ट्रिपियर र न्युक्यासलबीच दुई वर्ष ६ महिनाको सम्झौता भएको हो । टोटनहमका पूर्वखेलाडी ट्रिपियरले एथ्लेटिको मड्रिडबाट पछिल्लो सिजनको ला लिगा जितेका थिए । यस्तै उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ३५ खेल खेलेका छन् ।