डिजिटल कारोबारमा संकुचन आउने संकेत

काठमाण्डु टुडे २०७८ पुष २२ गते ७:४१ मा प्रकाशित

काठमाण्डु, २२ पुस– निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ ।

गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । साथै, कारोबार संख्यामा पनि कमी आएको छ ।

कोरोना महामारीका कारण पछिल्लो समय नेपालमा अनलाइन भुक्तानीको प्रचलन ह्वात्तै बढेको थियो । तर, कात्तिकमा एकाएक यसमा संकुचन आएको छ । कोरोना त्रास कायमै रहेको बेला अनलाइन माध्यमबाट हुने भुक्तानी घट्नुलाई महत्त्वका साथ हेरिएको छ । आर्थिक अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us