सेयर बजारमा ६३ अंकको सुधार

काठमाण्डु टुडे २०७८ पुष २० गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २० पुस– सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सुचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us