आइबार नेप्से उच्च अंकले बढ्यो, ४ अर्ब १२ करोडको कारोबार

काठमाण्डु टुडे २०७८ पुष १८ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १८ पुस– साताको पहिलो आज आइबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ६० दशमलव ४१ अंकले बढेर २५ सय ८४ दशमलव ९१ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ७७ अंकले बढेर चार सय ८२ दशमलव एक अंकमा चढेको छ ।

दुई सय ४० वटा कम्पनीहरुको ५३ हजार एक सय २२ पटकको कारोबारमा ७१ लाख ६० हजार नौ सय ८३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ ५३ पैसा पुगेको छ ।

१३ वटा समूहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव ९३ अंकले बढेर १७ सय ३६ दशमलव छ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ४४ दशमलव ५४ अंकले बढेर चार हजार तीन सय ६९ दशमलव ६२ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन सय ४४ दशमलव २८ अंकले बढेर १४ हजार पाँच सय ५५ दशमलव १६ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि चार सय ११ दशमलव ४० अंकले बढेर १२ हजार २१ दशमलव ४९ अंकमा चढेको छ ।

यि बाहेक जलविद्युत, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् । यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता चार हजार तीन सय १८ रुपैयाँ अन्तिम मूल्यमा ४४ करोड ९४ लाख दुई हजार पाँच सय ९१ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

नेप्सेमा आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर चार हजार ती सय १८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेर सात सय ७९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us