
काठमाण्डु, १६ पुस– आज नेपाली बजारमा सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यसैगरी आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।