काठमाण्डु, १५ पुस– भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस०ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए ।
प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५ देखि १०९ केजी, युथ पुरुषतर्फ ४९ देखि १०२ केजी तौल समूह सहभागी हुनेछन् ।
त्यसैगरी जुनियर तथा सिनियर महिला ४५ देखि ८७ केजी युथ महिलातर्फ ४० देखि ८१ केजी तौल समूह सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर र काठमाडौंका टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा विजेतालाई महिला र पुरुषको लागि समान ९० उपाधि व्यवस्था गरिएको छ ।