एमाले कार्यकर्ता आफूतिर तान्ने माधव नेपालको रणनीति

काठमाण्डु टुडे २०७८ पुष ६ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, ६ पुस–  नेकपा एकीकृत समाजवादीले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ ।

एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो ।

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ ।

कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us