बालबालिकालाई विद्यालयमै खोप

काठमाण्डु टुडे २०७८ मंसिर २५ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ ।

कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ ।

मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप शाखाका प्रमुख सागर दाहालले भने, “विद्यालयमै खो प केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुने छ ।”

सरकारले आगामी पुस ४ देखि १४ गते सम्म विद्यालयमै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । उनले यसअघि फाइजर खोप दिइएका २४ अस्पतालमा पनि मोडर्ना खोप दिइने बताए ।

बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार छ सय मात्रा र गत शुक्रबार एक लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आएको थियो । हालसम्म आएको खोपसहित आइतबार सम्ममा ३७ लाख मात्रा मोडर्ना खोप आउने निश्चित भइसकेको छ ।  गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us