
sf7df8f}F, ^ a}zfv M g]kfn ljBfyL{ ;+3sf] %@ cf}+ :yfkgf lbj;sf cj;/df ;f]daf/ cfof]lht sfo{qmddf z”esfdgf dGtJo JoQm ug'{x’Fb} g]kfnL sfFu|];sf g]tf s[i0fk|;fb l;6f}nf . t:jL/ M /Tg >]i7, /f;; .
काठमाण्डु, २४ मंसिर– १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ ।
कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।
प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।