भोलि गाडी चल्नुपर्छ, कुनै प्रकारको अवरोध हुनुहुन्नः एमाले

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ ।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए । उनले भने– ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us