भित्ता भत्किँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक ९ गते १७:५५ मा प्रकाशित

पोखरा, ९ कात्तिक– पोखरामा निर्माणाधीन घरको खाल्डोमा पुरिएर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान पोखरा–११ काँहुडाडास्थित निर्माणाधीन घरको जग सोलिङ गर्ने क्रममा खनिएको खाल्डोको भित्ता भत्किएर पुरिँदा घाइते भएकी ४१ वर्षीया आइतीमाया थोकरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us