उपत्यकामा आजदेखि नयाँ भाडादर, चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक– सार्वजनिक सवारी साधनको नयाँ भाडादर आजदेखि लागु भएको छ। वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज (सोमबार)देखि लागु हुने गरी नयाँ भाडादर तोकेको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ ।

अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us