वर्षा र बाढीका कारण भारतमा १८ जनाको मृत्यृ, दर्जनौ बेपत्ता

काठमाण्डु टुडे २०७८ असोज ३१ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ ।

पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको साथै बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका प्रहरीले जनाएको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us