देउवा र उपेन्द्रबीच खटपट, बालुवाटार जानै छाडे उपेन्द्र

काठमाण्डु टुडे २०७८ असोज १७ गते ९:२७ मा प्रकाशित

काठमाण्डु, १७ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि मन्त्रिपरिषद विस्तारमा किचलो बढेको छ ।

सरकार बनेको ८२ दिन बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आवद्ध पािँच दल बैठकमा नेताहरुबीच बुधबार नै मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धन आवद्ध दलका नेतासँग मन्त्रीको सूचीसमेत मागेका थिए ।

तर, त्यसपछि सोमबार र मंगलबारको बैठकमा गठबन्धन आवद्ध घटक जसपा अध्यक्ष उपेन्द्र यादव नै अनुपश्थित भएपछि मन्त्रिपरिषद विस्तारमा ब्रेक लागेको थियो । त्यसयता भने गठबन्धनको बैठक बस्न सकेको छैन । श्रोतका अनुसार जसपा अध्यक्ष यादव प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि असन्तुष्ट बनेका हुन् ।

उनी मंगलबारको गठबन्धन बैठकमा बालुवाटार नगएर पार्टीको कार्यक्रममा सहभागी हुन भन्दै जनकपुर गएका थिए । यादव जनकपुरबाट फर्किएर पुनः पोखरा गएका थिए । शनिबार भने यादव काठमाण्डुमै छन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us