नारायणहिटीभित्र पसेर श्रीपेच लगाउन खोज्ने एक युवा पक्राउ

काठमाण्डु टुडे २०७८ असोज ८ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ८ असोज – नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us