
काठमाण्डु, २३ भदौ– नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ ।
नायिका शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।