आज बागमति र गण्डकीमा भारी वर्षा

काठमाण्डु टुडे २०७८ साउन १८ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, १८ साउन– आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

मनसुनी वायुको प्रभावका कारण केही दिनयता लगातार वर्षा हुँदै आएको छ । सोमबार बिहानैदेखि प्रदेश–१, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइहेको छ । आज दिनभर नै सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित भारी वर्षाको सम्भावना छ । प्रदेश- १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको तथा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us