थप कडाई गर्दै थपिने काठमाडौं उपत्यकाको निषेधाज्ञा

काठमाण्डु टुडे २०७८ साउन १० गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १० साउन–  पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति सकिने भएपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप कडाई गर्दै थप्ने तयारी भएको छ ।

कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । उनकाअनुसार होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।

निषेधाज्ञा कसरी थप्ने भन्नेबारेमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिँदै आइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us