बलिउड अभिनेत्री गहनालाई हृदयघात

काठमाण्डु टुडे २०७८ असार २२ गते १०:३० मा प्रकाशित

एजेन्सी, २२ असार– बलिउड अभिनेत्री गहना वशिष्टलाई हृदयघात भएको छ ।

गहनाकी प्रवक्ता फ्लिन रेमेडियोसले उनलाई हृदयघात भएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । गहनालाई शनिबार हृदयघात भएको र पश्चिम मुम्बइस्थित एक अस्पतालमा भर्ना गरिएको उनका प्रवक्ताले जानकारी दिए । गहना अझै अचेत अवस्थामा छिन् । गहना बोल्न सक्ने अवस्थामा छैनन् ।

यसअघि दुई वर्षअघि पनि चलचित्र छायाङ्कनका क्रममा गहना गम्भीर बिरामी परेकी थिइन् । सुटिङकै क्रममा अचेत भएकी गहना लामो समय अस्पताल बसाइपछि स्वास्थ्य लाभ गरेर काममा फर्किएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us