कैलाली, २३ वैशाख– पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन् ।