धनुषाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख १३ गते १४:५० मा प्रकाशित

धनुषा, १३ बैशाख– धनुषाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आज मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार उच्च रक्तचापका विरामी समेत रहेका ती पुरुषलाई वैशाख ९ मा प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us