चाडका राष्ट्रपतिको चुनाव जितेको एक दिनपछि हत्या

काठमाण्डु टुडे २०७८ वैशाख ७ गते १८:१२ मा प्रकाशित

एजेन्सी– ७ वैशाख– अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको हत्या भएको छ ।

राष्ट्रपति इड्रिस डेबीको हत्या भएको त्यहाँको सेनाले जनाएको छ । तर, हत्या कसले गरेको भन्नेबारे खुलेको छैन । सन् १९९० यता लगातार सत्तामा हरेका ६८ वर्षीय डेबीले छैठौं कार्यकालका लागि सोमबार मात्र राष्ट्रपतीय निर्वाचन जितेका थिए ।

चुनाव जितेलगत्तै मुलुकको उत्तरी क्षेत्रमा रहेको सैनिक टुकडी भेट्न निस्किएका राष्ट्रपतिको मृत्यु भएको हो । सो क्षेत्रमा लिबियाबाट चाड प्रवेश गेरका विद्रोही र सेनाको भिडन्त भइरहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us