थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, २ बैशाख– नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us