दाङ दुर्घटनामा मृत्यु हुनेको सनाखत

काठमाण्डु टुडे २०७७ चैत २१ गते १२:४९ मा प्रकाशित

दाङ, २१ चैत– दाङमा भएको बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

तुलसीपुरबाट भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको बस शुक्रबार साँझ लमही–घोराही सडकखण्डअन्तर्गत मसोट खोलामा दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको थिएन ।

दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २९ मध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us