पेस्तोलसहित एक पुरुष पक्राउ

काठमाण्डु टुडे २०७७ चैत ९ गते १४:५५ मा प्रकाशित

धनुषा, ९ चैत– प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् ।

इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us