काठको मुढा लडेर किशोरीको मृत्यु

काठमाण्डु टुडे २०७७ चैत ८ गते १५:३९ मा प्रकाशित

म्याग्दी, ८ चैत– रघुगंगा गाउँपालिका–४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us