
काठमाण्डु, ५ चैत– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल का अनुसार हिमालयन टेलिभिजनमा हरेक शुत्रबार र शनिवार कार्यक्रम प्रसारण हुने छ ।
डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोक ‘ब्लाइन्ड अडिसन’ मा कोचको सामना गर्नेछन् ।
हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले व्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् ।
यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ । यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ ।