
काठमाण्डु, ३ चैत– गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ सार्वजनिक भएको छ ।
नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाउंदै आउनुभएको गायिका सुनिता तिमल्सिनाको सार्वजनिक यस गीतले पनि चर्चा पाउनेमा गायिका तिमलसिना ढुक्क छिन । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै पुर्ब धारान देखि काठमाण्डौ झरेकी गायिका सुनिता तिमलसिना गायकी जस्तै अभिनयमा नि उत्तिकै माहिर हुनुहुन्छ ।
यो मेरो सांगीतिक पाईलाले जस्तो सफलता लिए पनि म अझै निरन्तर संगीत क्षेत्रमा नै रहने छु , मैले जानेको बुझेको नै सांगितक आकाश हो गायिका सुनिता तिमल्सिना ।
उनि भन्छिन संगीत जति सिक्यो, जति गायो त्यति डुब्ने कुरा हो म अझै डुब्न चाहान्छु । गायिका सुनिता तिमल्सिनाको सार्वजनिक भएको यस गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् ।
यस भिडियोमा हरिश निरौला (कक्रोज) फरक भूमिकामा देखिएका छन । नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ ।
निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन । गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युटुब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ ।