
काठमाण्डु, ३ चैत– गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन् ।
पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुृक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन् ।
कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका हुन् ।
“दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउदैछु, कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो”, कालीले भने ।
कार्यक्रममा कालीले, पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो, नीर कहिले रिसाउने, साइँली, हेराइका तालहरुमा, लप्पन छप्पन लगायतका झण्डै दश बढी गीत गाउनेछन् । कार्यक्रमका लागिकाली पोखरा पुगिसकेका छन्