
काठमाण्डु, २ चैत– अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् ।
आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा कपाल मुन्डन गरेका भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै फरक लुक्स पनि हो ।
आफ्नो यो लुक्स किन र केका लागि हो भन्ने उनले अहिलेसम्म बताएकी छैनन्। पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।’ अर्को ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् ।अभिनेत्री केकी अहिले फिल्म ‘बोक्सीको घर’ अभिनयरत छिन् ।
नाटक ‘बोक्सीको घर’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।