प्रचण्ड संसदीय दलको नेता चयन

काठमाण्डु टुडे २०७७ फागुन २१ गते १९:२३ मा प्रकाशित

काठमाण्डु, २१ फागुन– नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहका सांसदहरुको बैठकले प्रचण्डलाई दल नेता चयन गरेको हो । सो समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्षसहित पार्टीको साधारण सदस्य तथा संसदीय दल नेताबाट हटाएको थियो । केन्द्रीय समितिको निाणर््य दलले अनुमोदन गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई संसदीय दल नेताको जिम्मेवारी दिएको हो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १ सय ११ जना सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us