ट्रम्पविरुद्धको महाअभियोग विफल

काठमाण्डु टुडे २०७७ फागुन २ गते ८:५३ मा प्रकाशित

एजेन्सी– अमेरिकाको माथिल्लो सदन सिनेटले निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अस्वीकार गरेको छ ।

शनिबार भएको मतदानमा महाअभियोग पक्षधरले दुई तिहाई बहुमत जुटाउन नसकेपछि उक्त प्रस्ताव असफल भएको हो । महाअभियोगको पक्षमा ७५ सिनेटरले मत दिए । जबकि उक्त प्रस्ताव पारित हुन सिनेटको दुई तिहाई अर्थात ६७ मत आवश्यक थियो । विपक्षमा भने ४३ पत परेको छ ।

ट्रम्पमाथि अमेरिकी संसद भवन (क्यापिटल हिल) मा भएको हिंसाका लागि जिम्मेवार ठह-याउँदै महाअभियोग प्रस्ताव दर्ता भएको थियो । ट्रम्पमाथि हिंसाका लागि आफ्ना समर्थकलाई भड्काएको आरोप छ । जो बाइडनलाई राष्ट्रपति घोषणा गर्ने दिन ट्रम्पका सयौं समर्थक संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।

त्यस क्रममा दुई जनाको ज्यान गएको थियो । राष्ट्रपतीय निर्वाचनमा ट्रम्प बाइडनसँग पराजित भएका थिए । तर, उनले हार स्वीकार गरेका छैनन् । निर्वाचनमा धाँधली भएको आरोप ट्रम्प र उनका समर्थकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us