कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

काठमाण्डु टुडे २०७७ माघ २९ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, २९ माघ– चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ ।

डिशहोमको च्यानल नम्बर–२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रसारण हुनेछ । दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न लागिएको डिशहोम नेटवर्कले जनाएको छ ।

ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रसारण गरिएको डिशहोमको भनाइ छ ।
भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रसारण गर्न तयारी डिशहोमले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us