राविज कपुरको निधन, बलिउडमा ठूलो क्षति

काठमाण्डु टुडे २०७७ माघ २७ गते १६:१७ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेता राजिव कपुरको हृदयघातका कारण निधन भएको छ ।

उनको ५८ वर्षकै उमेरमा अल्पायुमा निधन भएको हो । राविजकी भाउजु नितुले इन्स्ट्राग्राममार्फत देवरको निधन भएको पुष्टि गरेकी छन् ।
१९८३ मा ‘एक जान है’ बाट चलचित्रमा डेब्यु गरेका उनले आसमान, लभर ब्वाइ, जबर्जस्त, हम तो चले पर्देस, प्रेम गन्थ, जिमिनदारजस्ता चलचित्रमा अभिनय काम गरेका छन् । उनले प्रोड्यूसर र निर्देशकका रुपमा समेत काम गरेका थिए ।
दाजु चर्चित अभिनेत ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको पनि मृत्यु भएको छ । ऋषि कपुरको क्यान्सरका कारण २०२० को अप्रिलमा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us