आफ्नै फेसबुकमा बादलमाथि अचाक्ली गाली !

काठमाण्डु टुडे २०७७ पुष ९ गते २२:४० मा प्रकाशित

काठमाण्डु, ९ पुस– गृहमन्त्री रामबहादुर थापा बादलको फेसबुक पेजमा बिहीबार साँझ एक अनलाइनमा प्रकाशित उनकै समाचार पोष्ट भयो ।

‘विभाजित कम्युनिस्ट आन्दोलनलाई जनताको सहयोगमा एकतावद्ध गर्नेछौं (गृहमन्त्री बादल’, शीर्षकमा समाचार छ ।  उक्त समाचार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकमा बादलले दिएको अभिव्यक्तिबारे लेखिएको छ । समाचार पढेपछि पेजमा सयौं कमेन्ट गरिएका छन् । अधिकांश कमेन्टमा बादलप्रति घृणा, आक्रोश र तिरस्कार पोखिएका छन् ।

यस्ता छन् प्रतिनिधिमूलक कमेन्ट
मनोरथ न्यौपानेले लेखेका छन्, ‘शहीदहरुको रगतले पोल्ने छ नेता ज्यू’ । कमल क्षेत्री लेख्छन्–इतिहासले रामबहादुर बादललाई थुक्ने छ । हजारौं सहिदको रगतले पोल्ने छ । यो गणतन्त्र ल्याउन तिम्रो आदेशमा ज्यान बाजप् लगाएर शरीर भरि गोलीका छर्रा बोकेर परिवार पाल्न कोही खाडी कोही भारतका गल्लीमा पुगेका युवाको पापले तिम्रो कहिले पनि भलो हुने छैन । । कुर्सीको लागि आफ्नो परिचान कौडीमा बेच्ने स्वार्थी रामे नेपाली राजनीतिको कालो बादल । विशेष गरी सहिद परिवार, घाइते तिम्रो आदेशमा बम बनेर पड्किन मर्न तयार कार्यकर्ता र जनयुद्धका योध्दाको आत्माले दिनरात पोल्ने छ । एउटा हाम्रो भविष्य माथि खेलवाड गर्ने नेतृत्वको नाममा कलंक…. ।’ राजेन खतिवडा नाम गरेका बादलका पूर्वसमर्थकले लेखेका छन्– ‘आजसम्म मेरो आदर्श सम्झिन्थें । तुसारापात गरिदियौ बुडा, खड्केजस्तो निकृष्टसँग सति गयौ । हाम्रो बादल अब रामबहादुर हुँदाको पीडा नसोध्नु कसैलाई ।’

गोरेबहादुर खपाङ्गीको प्रवृत्ति समातेकोमा रामबहादुरलाई बधाई छ १ गोरेबहादुर खपाङ्गीले जनजातिलाई दशैं हाम्रो होइन, दशैमा टिका लगाउनु हुन्न भनेर आन्दोलन गरे तर पछि उनी आफैं पुर्व राजा ज्ञानेन्द्रको हातबाट दशैंमा टिका थापेका थिए ! रामबहादुरको प्रवृत्ति पनि ठ्याक्कै त्यस्तै देखियो १ अस्तिसम्म भेटेका नेतालाई ओलीको संसद विघटन कदम प्रतिगमन भन्ने आज ओलीको बैठकमा गएर संसद विघटन क्रान्तिकारी, अग्रगामी भन्ने रु थुक्क सुँगुरे पाजी १ बोल्न पनि हद हुन्छ नि १ १२ ओटा जिब्रोले बोल्ने रु लेनिन गुरुङले लेखेका छन् । म्लाङगे तामाङ लेख्छन्, ‘हजारौं सहिदको रगत ,बेपत्ताको आत्मा ,टुहुरा बालबालिका र काख रित्तिएको बुबाआमा र सिंदुर पुछिएको नारीहरुको सराप लाग्ने छ कमरेड तपाइलाइ । तपाईं प्रतिगमन,अहाङ्कारी,गणतन्त्रविरोधीतिर यसरी लम्पसार हुनुहुनेछ भन्ने बिसवास नै लागेथेन ।
यस्तै लुइँटेल प्रकाश लेख्छन् –कोरोनाले अर्थतन्त्र टाट पल्टेको बेलामा चुनाव गर्ने पैसा तिम्रो खल्तिबाट आउँछ ? जनता खान नपाएर अनि बेरोजगारीको चपेटामा परेर हैरानी छ । हुँदै नभएको व्यवस्था गरी ज्यूँदो संसद भंग गरी पुनः राज्यलाई खति बनाउने कदम कत्तिको गैरसंवैधानिक छ , छातिमा हात राखेर सत्यलाई सत्य असत्यलाई अस्तय भनौं । यस्ता नालायक कूजात नेतृत्वले गर्दा आज देशले दुःख पाईरहेको छ । १ वटा राजा फालेर आज देशमा सयौं राजा निस्केका छन् ।’ ‘तपाईंको नाममा बादल हटाएर रामबहादुर थापा मात्रै राख्नुस् । जनयुद्धको नाममा धोका दिने गद्दारले जनयुद्दले दिएको नाम बादल राख्न सुहाउँदैन’, गोकुलप्रसाद दंगालले लेखेका छन् । राजु शर्मा ढकाल आक्रोश पोख्दै लेख्छन्, ‘विप्लवजस्तो सहकर्मीमाथि गृहमन्त्रीको हैसियतमा गोली हान्ने अब के भनु र खै ? वार्ता गराउन सकेनौ कमरेड । गोकुलका अगाडि के सेरेमोनियल गृहमन्त्री भएको ? एआईजी दरबन्दी थप गर्ने प्रस्ताव कहाँबाट आयो ? ईज्जत् नहुने ठाउँमा ढुकेर बस्नेले ठूला कुरा नगरेकै राम्रो । पहिलोपटक रक्षामन्त्रीबाट हटेपछिको दिन सम्झेर सबैभन्दा ठूलो पद रहेछ भन्ने लाग्यो भने भइहाल्यो नि । टेकबहादुर राना लेख्छन्, ‘तिमीजस्ता गद्दारलाई जनयुद्धका सहिदको आत्माले एकदिन अवस्य तड्पाउने छ । ओलीले फुटबल बनाएर हानेको दिन याद आउँने छ ।’ न्यौपाने राजले लेखेका छन्, ‘अवसरबादी गद्दार, केपी ओलीले थाङ्नामा सुताएन छ भने हेरौंला । भोलि भिजेको मुसोजस्तो भएर प्रचण्डको पाउपर्न पर्छ अहिले धेरै नभुक ।’ देव तामाङले चेतावनी दिँदै भनेका छन्, ‘क. बादल ओलीको मादल भएकोमा बधाई छ । जनयुद्ध, जनआन्दोलनका सहिद, घाइते, अपाङ्ग, बेपत्ता योद्वाहरुले यी लालगद्दारलाई छुट दिइने छैन ।’

विदुरप्रसाद बर्तौलाले बादलमाथि व्यंग्य गरेका छन्, ‘रत्नपार्कमा– २०७० को संविधानसभा निर्वाचन काम छैन भनी मतपेटिका फोड्ने महासयले कसरी मध्यावधि निर्वाचन गराउलान् विचरा ।’ ‘प्रचण्डले एकीकरण गरेर गृहमन्त्री नबनाएको भए सायद अहिले वैद्य बा सँगै पुषको घाम ताप्दै झिंगा मारेर दिन कट्थ्यो होला । प्रचण्डले पार्टीमा भित्राएर सचिवालय सदस्य र गृहमन्त्री बनाए अहिले उसैलाई फुटवादी भन्दै गाली गर्न लाज लाग्दैन कमरेड ? हिजोसम्म पदको बार्गेनिङ गरेर बस्ने अनि जता फाइदा देख्यो उतै कुद्ने कस्तो विचार हिन मान्छे ?’, ताराचन्द्र पौडेल लेख्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us